कृषिमा रमाउँदै चौघडाका रामचन्द्र

विदुर खबर २०८१ वैशाख २० गते १०:३३

नुवाकोट । मुलुकमा रोजगारीको अवसर नभएको भन्दै अधिकांश युवाहरुको योच भनेको विदेश नै रहँदै आएको छ ।

Advertisement

विद्यालर्थी अर्थात कक्षा १२ उत्तिर्ण गरेकाहरुको पहिलो रोजाई अध्ययनका लागि विदेश नै हुने गरेको छ । यस्तै युवाहरु जो रोजगारीको पर्खामा रहेका छन् उनीहरुले पनि स्वदेशमा भन्दा विदेशमा नै आफ्नो भविष्य देखिरहेका छन् । रोजगारीको शिलसिलामा विदेश जानेहरु बढ्दै जागँदा गाउँघर युवा विहिन त हुन थालेको छ नै खेतीयोग्य जमिनहरु पनि बाझिन् थालेका छन् । तर नुवाकोट चौघडाका एक युवक कोरियाको बसाई छाडेर स्वदेश फर्केका छन् ।

स्वदेशमा पनि उनले कृषि कर्म रोजेका छन् । नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा नं ४ चौघडाका रामचन्द्र अगस्ती यतिखेर कृषि कर्ममा नै व्यस्त हुने गरेका छन् । उनी निकै उत्साहकासाथ कृिषमा सक्रिय रहेका छन् । सामाजिक सञ्जालमार्फत उनले कहिले मल हाल्ने मेसिन,कहिले मकै गोड्न सजिलो बनाउने ढंगले फलामको सावेललाई बंग्याएर काम गरिरहेको देखिन्छन् । उनले यो भाइरल हुनका लागि भने पककै होईन । उनी साच्चिकै कृषिमा सक्रिय छन् । आफ्ना छोराछोरीलाई अध्ययनका लागि राजधानीमा कोठा लिएर राखेका छन् ।

Advertisement

उनकी श्रीमती पनि छोराछोरीको हेरचाहमा उतै राजधानीमा सक्रिय छिन् । तर उनी आफ्नो बुबाको हेरचाह गर्दै कृषि पेशमा नै रमाइरहेका छन् । २०१२ देखि १६ सम्म कोरिया बसेका रामचन्द्रले त्यहाको अवस्थाबाट दिक्क भएर डेड वर्षको भिषा नै छाडेर स्वदेश फर्कैका थिए । स्वदेश फर्केर चौघडा बजारमा साढे दुई तले पककी घर निर्माण गरेर स्टेशनरी पसल समेत राखेका थिए । तर व्यापारमा पनि त्यजि सहज देखेनन् । कतिले उधारो लाने पैशास नर्तिेर्ने गरेपछि उनले सो व्यवसाय पनि छाडेर आफ्नै खुशीमा आफूसँग भएको करिब ६ रोपनी जमिनमा खेती गरिरहेका छन् । उनले सिजन अनुसार तरकारी, आलु,धान, मकै, लगायतका खेती गर्दै आएका छन् ।

खेतीबाट नै उनले वर्षमा पाँच लाखसम्म कमाउने योजना बनाएका छन् । उनी भन्छन्, विदेशमा गएर गरेको दुःख यहाँ नेपालमा गर्ने हो भने त सुन फलान सकिन्छ । उनले पछिल्लो समय कृषिमा लाग्नेहरु घट्दै गएपछि अहिले बजार बढेको र किसानका लागि पनि राहत पुगेको बताए । उनी भन्छन् , अरुलाई कृषि पेशा नराम्रो लाग्ला तर मलाई त सम्मानित पेशा जस्तो लाग्छ, आफूले मन लागेको खानेकुरा ताजा रुपमा खान पाइन्छ,त्यसमा पनि गाउँमा बसेर खेती गर्नुभको मजानै बेग्लै हुन्छ । अझ आनन्द त आफ्ना बुढा बा आमासँग र छोराछोरीसँग तथा श्रीमसँग बस्न पाउनु पनि ठुलो कुरा हो । आफ्नो बुवाले गरेको पेशार राम्रा जमिन भएकाले आफूलाई अरु भन्दा यहि राम्रो लागेको उनको भनाई रहेको छ ।

Advertisement

कृषि कर्मप्रति उत्साहि भएका रामचन्द्र सरकारले मल,बिउ समयमा नै उपलब्ध गराउन नसकेकोमा भने दुःखित छन् । उनी भन्छन्, अहिले मकैलाई मल छैन, गाउँका सहकारीमार्फत मल दिने भनिएको छ तर सहकारीले दिने भन्दा उ पनि कता फाइदा आउँछ उत्तै लाग्ने गर्दछ । अनि हामीले दुई चार किलो मल लिएर के गर्ने ? रामचन्द्रले कुराकानीलाई अन्त्य गर्ने क्रममा भने,विदेश जाने दाजुभाईहरु स्वदेशमा नै बसेर केही गरौं यहाँ जाँगर चलाउने हो भने पैसा कमाउन विदेश भन्दा धेरै सजिलो छ ।

रामचन्द्र जस्तै हाम्रा मुलुकका युवाशक्तिहरु यसरी देशमा नै केही गरौ भनेर लाग्ने हो भने हाम्रो देश पनि अबको केही वर्षमा आत्मनिर्भर त हुन्छन नै प्रतिव्यक्ति आम्दानी पनि बढ्नेछ ।

प्रतिक्रिया