धादिङमा बलात्कार आरोपित एक युवक पक्राउ

विदुर खबर २०८१ वैशाख १८ गते ८:५२

नुवाकोट ।  ३६ वर्षीया पूर्ण अपांगता हुनुभएकी महिलालाई बलात्कार गरेको आरोपमा धादिङमा एक युवक पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा रुवीभ्याली गाउँपालिका–४ का ३५ वर्षीय निक्क तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी ईन्स्पेक्टर अभय लामाले जानकारी दिनुभयो ।

घरमा कोहि नभएको बेला घरबाट घिसारेर लगि ०८१ बैशाख ४ गते बलात्कार गरेको र गाउँलेले देखेपछि आरोपित तामाङ फरार भएका थिए ।

Advertisement

उनलाई ९ गते आईतबार पक्राउ गरिएको हो।आरोपित विरुद्ध पीडित पक्षले बैशाख ६ गते उजुरी दिएको ईन्स्पेक्टर लामाले बताउनुभयो ।

पीडितको धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको र आरोपितलाई धादिङ अदालतको अनुमतिले जबरजस्ती करणी मुद्दामा हिरासतमा अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ।

Advertisement

प्रतिक्रिया