धादिङको सिद्धलेक र ज्वालामुखीमा एमाले अधवेशन सम्पन्न
नुवाकोट । नेकपा एमाले धादिङले धमाधम पालिका अधिवेशनहरु सम्पन्न भएको छ ।
एमाले सिद्धलेक गाउँपालिका कमिटीको अध्यक्षमा रामहरी बराकोटी सर्वसम्मत चयन भएका छन् । सिद्धलेक गाउँपालिकाको वडा नम्बर ४ आरुवासटारमा सम्पन्न नेकपा एमाले सिद्धलेकको दोश्रो गाउँपालिका अधिबेशनले बराकोटीको अध्यक्षतामा ५७ सदस्यिय कार्यसमिति चयन गरेको हो ।
अधिबेशनबाट आगामी ३ बर्षका लागि उपाध्यक्षमा देव बहादुर पुलामी, सचिवमा चेतनाथ सिलवाल ,सह सचिवमा लक्ष्मी बराम र राजु उपाध्याय निर्वाचित भएका छन् । अधिबेशनको उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्य एवम धादिङ इन्चार्ज धर्मदत्त देवकोटा, केन्द्रिय सदस्य जानुका सिम्खडा, जिल्ला अध्यक्ष भूमि त्रिपाठी, सल्लाहकार तथा धादिङका संस्थापक जगन्नाथ नेपाल, धादिङका संस्थापक टंकनाथ शर्मा, शहरी विकास विभाग सचिव गजेन्द्र थपलिया, जिल्ला कमिटि सदस्य तथा सिद्धलेक ईन्चार्ज गोबिन्द कँडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरि नेकपा एमाले ज्वालामुखी गाउँपालिका कमिटीको अध्यक्षमा ध्रुब अधिकारी सर्वसम्मत चयन भएका छन् । अधिवेशनले उपाध्यक्षमा मोहन श्रेष्ठ, सचिवमा रुद्रमान श्रेष्ठ , उपसचिवमा निर्मला सामरी र मायानाथ सिलवाललाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । ३ वर्षे कार्यकालका लागि ५१ सदसिय कमिटीको सर्वसम्मत निर्वाचित गरेको छ ।
नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले उद्घाटन गरेका ज्वालामुखि गाउँ अधिवेशनलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज धर्मदत्त देवकोटा, केन्द्रीय सदस्य खेम लोहनी, जानुका सिंखडा, नेकपा एमाले जिल्ला अध्यक्ष भुमि त्रिपाठी लगायतले शुभकामना व्यक्त गरेका थिए । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पाण्डेले देशको अर्थतन्त्र स्वास्थ नभएकोले सरकारले नया योजना, रोजगारी सिर्जना आदी कार्यक्रम ल्यार चलायमान बनाउनुपर्ने बताएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया