धादिङको आयुर्वेद औषधालय १६ शय्यामा स्तरोन्नति
नुवाकोट । धादिङको नीलकण्ठ नगरपालिका-३, धादिङबेसीमा सञ्चालित जिल्ला आयुर्वेद औषधालयलाई १६ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ ।
आयुर्वेद औषधालयलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको रुपमा बिस्तार गरिएको हो । चिकित्सालयले अब १६ शय्याको सेवा प्रदान गर्ने आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डा अमुल्य दाहालले बताए । उनले चिकित्सालयको भवन निर्माण गरी सेवा प्रदान गर्न लागेको जानकारी दिए ।
धादिङ जिल्लामा १० वटा आयुर्वेद संस्था छन् । चिकित्सालयसहित चार वटा आयुर्वेद औषधालय र पाँच वटा सेवा केन्द्र सञ्चालनमा छन् । चिकित्सालयले सेवा आरम्भ गरेपछि बिरामीलाई चौबिसै घण्टा सेवा दिन सकिनेछ ।
सोह्र शय्याको अस्पताल सञ्चालन गर्न मिल्ने आफ्नै भवन नहुँदा सेवा दिन कठिनाई भइरहेको छ । औषधि न्यून मात्रामा उपलब्ध हुने भएकाले पनि सेवाग्राहीलाई सहजरुपले सेवा दिन नसकेको चिकित्सालय धादिङका प्रमुख दाहालको भनाइ छ ।
चिकित्सालयले वैकल्पिक उपचार विधि अन्तर्गत बहिरङ्ग सेवा, प्याथोलोजी ल्याब, अकुपञ्चर सेवा, पूर्वकर्म र पञ्चकर्म सेवा, फिजिओथेरापीलगायतको निःशुल्क सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत ३० वर्षभन्दा माथिका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ ।
आमा समूहमा भान्साघर औषधालय कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत भान्सामा चल्ने खानेकुरा र स्वादिलो बनाउन प्रयोग हुने मसलाको मात्राको विषयमा सिकाउने गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया