सार्वजनिक बिदामा प्रचण्ड सरकारकाे किर्तिमान

विदुर खबर २०८१ वैशाख १० गते २१:४२

नुवाकोट । पुष्पकमल दाहाल नेतृत्वकाे सरकार सार्वजनिक बिदा दिन किर्तिमान राख्दै छ ।

Advertisement

विमान दुर्घटना हुँदा होस् वा विदेशी राष्ट्रको राष्ट्रप्रमुख नेपाल आउँदा बिदा घोषणा गरिहाल्ने प्रवृत्ति प्रधानमन्त्री दाहालमा देखिएको छ ।कार्यक्रम तालिका अनुसार कतारका राजा शेख तामिम विन हमद अल थानी भोलि ५ बजेर ३५ मिनेटमा नेपालको विमानस्थल ओर्लिने छन् तर सरकारले मुलुकभरको लागि सार्वजनिक बिदा घोषणा गरिसकेको छ ।

विदेशी राष्ट्रको राष्ट्र प्रमुख आउँदा कडा सुरक्षा प्रबन्ध गरेर उचित सम्मान दिनु उचित हुने भए पनि प्रचण्ड सरकारले सार्वजनिक बिदा दिएर देशलाई नै ठप्प बनाएपछि सामाजिक सञ्जालमा विरोधका पोस्टहरु बर्षिन थालेका छन् । पञ्चायती व्यवस्थाकाे सबै खराबी हटाएकाे दावी गर्ने गणतान्त्रिक सरकारहरूले कुनै देशका राष्ट्रप्रमुख आउँदा साेही व्यवस्थाले चलाएकाे सार्वजनिक बिदा दिने चलनलाइ किन अनुशरण गरेका हेालान् भन्ने सर्वसाधारणकाे प्रश्न छ।

Advertisement

सार्वजनिक बिदा दिँदा अहिले निजी क्षेत्रले सो अनुसार बिदा नदिए पनि बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरु सबै बन्द हुने गरेका छन। त्यसै त काममा चुस्त दुरुस्त नभएको सरकारी कार्यालयहरुबाट काम लिनुपर्ने सेवाग्राहीले बेला न कुबेलाको सार्वजनिक बिदाले झनै सास्ती व्यहोर्नु परेको छ ।

पालका प्रधानमन्त्री एवम् राष्ट्रपति विदेश जाँदा सामान्य शिष्टाचार बाहेक अरु कुनै नहुने भए पनि नेपालका प्रधानमन्त्रीहरु भने सार्वजनिक बिदा नै घोषणा गरेर स्वागत गरेको स्वाङ रच्ने गरेका छन् । नेपालजस्ताे गरीब देशले दिनरात नभनी विकास निर्माणको कामलाई अगाडि बढाएर मुलुकका जनतालाई व्यस्त बनाएर जनताको आयस्तर उठाउन ध्यान दिनुपर्ने अर्थविद्हरु बताउँछन् ।

Advertisement

दक्षिण एसियाको सबैभन्दा गरीब देशको उपमा पाएको देशले बिदाको सवालमा भने नेपाल विश्वकै सबैभन्दा धेरै बिदा पाउने देशहरुमध्येको सूचीमा रहन थालेको छ ।

 

प्रतिक्रिया