महानगरले दियो संसद भवन बनाउन डेढ विघा जमिन
१२ फागुन, विराटनगर । प्रदेश १ को संसद भवन निर्माणका लागि विराटनगर महानगरपालिकाले जग्गा उपलव्ध गराउने भएको छ ।
अहिले जिल्ला विकास समितिको हलमा प्रदेशसभा बैठक बस्ने गरिएको छ । तर, त्यो पर्याप्त नभएको भन्दै महानगरपालिकाले जग्गा दिने निर्णय गरेको छ ।
महानगरपालिका परिषदको वोर्ड वैठकले विराटनगर ८ स्थित हाट खोला मैदान संसद भवनका लागि उपलव्ध गराउने निर्णय गरेको हो । यो जग्गा अहिले सार्वजनिक कार्यक्रम र पार्किङका लागि प्रयोग हुँदै आएको थियो ।
मेयर भिम पराजुलीले भने ‘अहिले अस्थायी रुपमा प्रयोगमा ल्याएको जिससको हलपनि प्रयाप्त छैन । संसद भवनको स्थायी संरचना निर्माणका लागि महानगरले संसद सचिवालयलाई जग्गा उपलव्ध गराएर सहयोग गर्ने निर्णय गरेको छ ।’
सरकारले प्रदेशको अस्थायी मुकाम विराटनगरलाई तोकेको छ र प्रदेशसभा तथा प्रदेश सरकारका कार्यालयहरु विराटनगरमा नै स्थापना गरिएको छ ।
यद्यपि प्रदेश राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेशसभालाई छ । अब प्रदेशसभाले दुई तिहाई बहुमतबाट प्रदेशको नामसँगै स्थायी राजधानी तोक्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











ब्लोदान नुवाकोटको अध्यक्षमा ढुङ्गाना
एमालेमा ओली पक्षसँग भौतिकरुपमै भिड्ने तयारीमा पोखरेल समुह
बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी एमाले भन्दा ठूलो दल बन्यो
नुवाकोटमा लोकप्रियता बढाउँदै डा. प्रकाश महत
रसुवामा एक वृद्धको भिरबाट लडेर मृत्यु





प्रतिक्रिया