महानगरले दियो संसद भवन बनाउन डेढ विघा जमिन

१२ फागुन, विराटनगर । प्रदेश १ को संसद भवन निर्माणका लागि विराटनगर महानगरपालिकाले जग्गा उपलव्ध गराउने भएको छ ।
अहिले जिल्ला विकास समितिको हलमा प्रदेशसभा बैठक बस्ने गरिएको छ । तर, त्यो पर्याप्त नभएको भन्दै महानगरपालिकाले जग्गा दिने निर्णय गरेको छ ।
महानगरपालिका परिषदको वोर्ड वैठकले विराटनगर ८ स्थित हाट खोला मैदान संसद भवनका लागि उपलव्ध गराउने निर्णय गरेको हो । यो जग्गा अहिले सार्वजनिक कार्यक्रम र पार्किङका लागि प्रयोग हुँदै आएको थियो ।
मेयर भिम पराजुलीले भने ‘अहिले अस्थायी रुपमा प्रयोगमा ल्याएको जिससको हलपनि प्रयाप्त छैन । संसद भवनको स्थायी संरचना निर्माणका लागि महानगरले संसद सचिवालयलाई जग्गा उपलव्ध गराएर सहयोग गर्ने निर्णय गरेको छ ।’
सरकारले प्रदेशको अस्थायी मुकाम विराटनगरलाई तोकेको छ र प्रदेशसभा तथा प्रदेश सरकारका कार्यालयहरु विराटनगरमा नै स्थापना गरिएको छ ।
यद्यपि प्रदेश राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेशसभालाई छ । अब प्रदेशसभाले दुई तिहाई बहुमतबाट प्रदेशको नामसँगै स्थायी राजधानी तोक्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया