सुनचाँदीको भाउले फेरि बनायो नयाँ रेकर्ड, २९ सयले बढ्यो

विदुर खबर २०८० चैत २५ गते ११:०७

नुवाकोट । आइतबार सुनचाँदीको भाउ बढेको छ ।

Advertisement

शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यता, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १६ हजार २५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १५ हजार ६९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ३२ रुपैयाँ तोकेको छ।

Advertisement

प्रतिक्रिया