पोष्टबहादुरको अभाव सधैँ महशुस भइरहन्छ : प्रधानमन्त्री

विदुर खबर २०८० चैत २४ गते १५:३४

नुवाकोट । प्रधानमन्त्री तथा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधै अभाव महशुस हुने गरेको बताएका छन् ।

Advertisement

शनिबार बिहान पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा स्मृति दिवसमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले  भने, पोष्टबहादुर बोगटी एक जना इमान्दार नेता हुनुहुन्थ्यो, यहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ। उहाँ एक जना सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो।’’

Advertisement

बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महशुस हुने गरेको प्रधानमन्त्रीले स्मरण समेत गरे ।  ‘‘अप्ठ्यारो परेको बेला उहाँले समन्वय गर्नुहुन्थ्यो। पार्टीमा उहाँको अभाव खड्किरहन्छ प्रधानमन्त्री प्रचण्डले भने।

प्रतिक्रिया