सुर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश दिने

विदुर खबर २०८० चैत २१ गते १०:२८

नुवाकोट । सुर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

Advertisement

कम्पनीको चैत्र २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १०.२६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Advertisement

नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ५४ करोड छ ।

Advertisement

 

प्रतिक्रिया