बेलकाेटगढी नगरपालिकाकाे प्रशासकीय भवन शिलान्यास
नुवाकाेट । बेलकाेटगढी नगरपालिकाले आफ्नो प्रशासकीय भवन निर्माण सुरु गरेको छ ।
नगरपालिकाको बाघखाेरमा निर्माण गरिने भवनको आइतबार एक कार्यक्रमबीच नगरप्रमुख जगतबहादुर गुरुङले शिलान्यास गरेका हुन् ।पालिका बनेदेखि नै अस्थायी भवनमा बसेर सेवा दिँदै आएको पालिकाले अब भने प्रशासनिक भवन बनाउने भएको छ ।
पालिकाका अनुसार पार्किङसहितको ४ तलामा ३८ वटा कोठाको भवन १२ करोड ७४ लाख २७ हजार ८८ रुपैयाँ लागतमा निर्माण हुनेछ ।
भवन आगामी २४ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अम्बे माँ, न्यू टेक र शुभलक्ष्मी जेभि काठमाडौंसँग गत मङ्सिर १३ गते ठेक्का सम्झौता गरिएको थियाे ।
भवन शिलान्यास गर्दै नगरप्रमुख गुरुङले भवन निर्माणपछि नगरपालिकाका सबै शाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवासमेत प्रभावकारी हुने बताए ।
नगरपालिकाका उपनगरप्रमुख शिवप्रसाद दाहालले विकाससँग जोडिएको प्रशासकीय भवन निर्माण गर्न सबैको सहयोग र साथ आवश्यक रहेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया