बेलकाेटगढी नगरपालिकाकाे प्रशासकीय भवन शिलान्यास
नुवाकाेट । बेलकाेटगढी नगरपालिकाले आफ्नो प्रशासकीय भवन निर्माण सुरु गरेको छ ।
नगरपालिकाको बाघखाेरमा निर्माण गरिने भवनको आइतबार एक कार्यक्रमबीच नगरप्रमुख जगतबहादुर गुरुङले शिलान्यास गरेका हुन् ।पालिका बनेदेखि नै अस्थायी भवनमा बसेर सेवा दिँदै आएको पालिकाले अब भने प्रशासनिक भवन बनाउने भएको छ ।
पालिकाका अनुसार पार्किङसहितको ४ तलामा ३८ वटा कोठाको भवन १२ करोड ७४ लाख २७ हजार ८८ रुपैयाँ लागतमा निर्माण हुनेछ ।
भवन आगामी २४ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अम्बे माँ, न्यू टेक र शुभलक्ष्मी जेभि काठमाडौंसँग गत मङ्सिर १३ गते ठेक्का सम्झौता गरिएको थियाे ।
भवन शिलान्यास गर्दै नगरप्रमुख गुरुङले भवन निर्माणपछि नगरपालिकाका सबै शाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवासमेत प्रभावकारी हुने बताए ।
नगरपालिकाका उपनगरप्रमुख शिवप्रसाद दाहालले विकाससँग जोडिएको प्रशासकीय भवन निर्माण गर्न सबैको सहयोग र साथ आवश्यक रहेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया