धादिङमा ३३ केभी विद्युत प्रसारण लाइन विस्तारको काममा ढिलाइ
नुवाकोट । धादिङको सदरमुकाम धादिङलगायत आसपासका क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले सुरु गरेको ३३ केभी विद्युत प्रसारण लाइन विस्तारको कामले गति लिन नसक्दा स्थानीयले बिजुली गइरहने समस्या भोग्न बाध्य छन् ।
दश करोड रुपैयाँको लागतमा प्राधिकरणले छ महिनामा मलेखुदेखी धादिङको सदरमुकामसम्म विद्युत लाइन विस्तारको काम गर्ने भन्दै ठेक्का लगाएको हो । ठेक्का सम्झौता भएको १६ महिनामा लाइन विस्तारको काम भने पचास प्रतिशत पनि सम्पन्न हुन सकेको छैन । यसले एकातिर विद्युतीय दुर्घटनाको जेखिम बढाएको छ भने अर्कोतर्फ राज्यले गरेको करोडौं रकम दुरुपयोग भएको छ ।
स्थानीयले अहिले पनि विजुली झ्याप्प-झ्याप्प गइरहने समस्या झेल्न बाध्य छन् । सामान्य हुरी बतास र पानी पर्दासमेत विजुली गईरहने, विद्युतको भोल्टेज घट्ने बढ्ने समस्या धादिङका स्थानीयले वर्षौदेखी खेप्दै आईरहेका छन् ।
यसले विद्युतीय दुर्घटनाको जोखिम पनी उत्तिकै बढाएको छ । यो समस्या समाधानका लागी विद्युत प्राधिकरणले ३३ केभि प्रसारण विस्तार सुरु गरेको हो । शिद्धलेक गाउँपालिकास्थित मलेखुमा निर्माण गरेको सव–स्टेशनबाट धादिङको सदरमुकामसम्म २१ किलोमिटरमा पाँच सय बीसवटा खम्बा र मलेखुबाट जहरे सव–स्टेसनसम्म नौ किलोमिटरमा दुई सय बीसवटा खम्बा गाडेर प्रसारण लाइन विस्तारको काम सुरु गरेको हो । तर काम सुरु भएको १६ महिनामा पचास प्रतिशत काम पनि सम्पन्न भएको छैन ।
नेपाल विद्युत प्राधिकरणले २०७९ सालमा नै छ महिनामा काम सम्पन्न गर्ने गरी दश करोड रुपैयाँको लागतमा रेणु कन्ट्रक्सन प्रा.ली.लाई सदरमुकाम धादिङसम्म विद्युत प्रसारण लाइन विस्तारको जिम्मा दिईएको छ ।
हाल काठमाण्डौको मातातिर्थ र नुवाकोटको देविघाटबाट प्रसारण लाइन ल्याएर धादिङ जिल्लाभर विद्युत विस्तार गरिएको हो । ३३ केभी विद्युत प्रसारण लाइन विस्तार भएसँगै जिल्लामा ठूला उद्योगधन्दा र कलकारखाना खोल्नका लागि समेत सहज हुने र धादिङको औद्योगिक विकासमा यसले निकै ठुलो टेवा पुग्ने विश्वास प्राधिकरणको छ ।
अहिले चलिरहेको विद्युत लाइनबाट उद्योगहरु सञ्चालन गर्न नसकिने पनि विद्युत प्राधिकरण धादिङले जनाएको छ । ३३ केभी विद्युत प्रसारण लाइनको सव-ट्रान्समिसन लाइन विस्तारको काम आगामी असार महिनासम्म सम्पन्न गर्ने गरी भईरहेको विद्युत प्राधिकरण धादिङ शाखा प्रमुख सुधरी कुमार रायले बताउनुभयो ।
ठाउँ ठाउँमा स्थानीयले गरेको अवरोधका कारण विद्युत प्रसारण लाइन तान्ने क्रममा केही ढिलाई भने भएको प्रमुख रायको भनाई छ । निर्माण कम्पनीले खरिद गरेको सामान लथालिङ्ग अवस्थामा रहेको छ । ल्याएका सामान कस्ले कहाँ छ भन्ने समेत थाहा नभएको स्थानीयको भनाई छ ।
ठेकेदार कम्पनीले भने शिद्धलेक गाउँपालिकाको वडा नम्वर ५ र ६ लगाएत नीलकण्ठ नगरपालिकाको वडा नम्वर ७, ८ र ३ हुँदै प्रसारण लाइन विस्तार गर्नुपर्ने भएकोले स्थानीय तहका बासिन्दाको अवरोधका कारण विद्युत विस्तार गर्न नसकेको आरोप लगाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया