बट्टारमा गर्गेश्वर मोटर ड्राइभिङ्ग स्कुल तथा ट्रायल सेन्टर खुल्यो
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ को वालुवाटारमा गर्गेश्वर मोटर ड्राइभिङ्ग स्कुल एण्ड ट्रायल सेन्टर खुलेको छ ।
ट्रायल सेन्टरको शनिवार विदुर नगरपालिका वडा नमम्बर ४ का वडाध्यक्ष निलमबावु ढुङ्गेलले उद्घाटन गरेका हुन् । ट्रायल सेन्टरको उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष ढुङ्गेलले नुवाकोटमा अत्याधुनिक ट्रायल सेन्टर खुल्नु भनेको वडा नै विकासको पथमा अघि बढेको बताए ।
उनले पछिल्लो समय बट्टार बजारमा विभिन्न व्यवसायकि कम्पनीहरु खोलिएको भन्दै खुशी व्यक्त गरे । वडाध्यक्ष ढुङ्गेलले ट्रायल सेन्टरबाट दक्ष चालक उत्पादन गर्ने विश्वास समेत व्यक्त गरे ।
यस्तै युवा नेता तथा रसुवाको उत्तरगया गाउँपालिकाका निर्वतमान अध्यक्ष उपेन्द्र लम्सालले नुवाकोटमा नै पहिलो पटक संस्थागत रुपमा ड्राइभिङ्ग सेन्टर खुलेको भन्दै खुशी व्यक्त गरे । उनले नुवाकोटमै सवारीचालक अनुमति पत्र प्राप्त गर्ने अवस्था सिर्जना गर्न जनप्रतिनिधिहरुले भुमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जेजंग कार्कीले ड्राइभिङ्ग सेन्टरले दक्ष चालकको साथसाथै ट्राफिक नियमहरुको वारेमा पनि जानकारी दिनुपर्ने बताए । उनले ट्रायल सेन्टर चालकहरुको पाठशाला रहेको बताउँदै चालकहरुलाई सबै ज्ञान दिनुपर्ने बताए ।
यससँगैे गर्गेश्वर मोटर ड्राइभिङ्ग स्कुल एण्ड ट्रायल सेन्टर नुवाकोटमा सरकारी मापदण्ड अनुसार संचालनमा आएको पहिलो ड्राईभिङ स्कुल बनेको छ ।
यसअघि नुवाकोटमा विभिन्न संस्थाले अनौपचारिक रुपमा ड्राइभिङ्ग स्कुल संचालन गरेपनि ट्रायल सेन्टर पहिलो पटक संचालनमा आएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया