मैलुङ खोला जलविद्युतको सेयर कारोबार फुकुवा
 
		
	 नुवाकोट । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर कारोबार सोमबारदेखि फुकुवा गरेको छ ।
नुवाकोट । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर कारोबार सोमबारदेखि फुकुवा गरेको छ ।
कम्पनीले धितोपत्र मूल्य संवेदनशील निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीबार (चैत ९ गते) सेयर कारोबार रोक्का गरेको थियो । कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्न समेत कम्पनीलाई निर्देशन दिएको थियो । ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेश गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धतापछि सेयर कारोबार खुला गरिएको नेप्सेले जानकारी गराएको छ ।
कम्पनीले बुधबार (चैत ८ गते) सञ्चालक समितिको बैठकबाट २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
तर लाभांश सम्बन्धी उक्त निर्णय बिहीबार सेयर कारोबार सुरु भइसकेपछि मात्र नेप्सेलाई जानकारी गराएपछि कारबाहीमा परेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया