मैलुङ खोला जलविद्युतको सेयर कारोबार फुकुवा
नुवाकोट । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर कारोबार सोमबारदेखि फुकुवा गरेको छ ।
कम्पनीले धितोपत्र मूल्य संवेदनशील निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीबार (चैत ९ गते) सेयर कारोबार रोक्का गरेको थियो । कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्न समेत कम्पनीलाई निर्देशन दिएको थियो । ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेश गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धतापछि सेयर कारोबार खुला गरिएको नेप्सेले जानकारी गराएको छ ।
कम्पनीले बुधबार (चैत ८ गते) सञ्चालक समितिको बैठकबाट २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
तर लाभांश सम्बन्धी उक्त निर्णय बिहीबार सेयर कारोबार सुरु भइसकेपछि मात्र नेप्सेलाई जानकारी गराएपछि कारबाहीमा परेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया