मैलुङ खोला जलविद्युतको धितोपत्र कारोबार स्थगित
नुवाकोट । नेपाल स्टक एक्सचेञ्च नेप्सेले मैलुङ खोला जलविद्युत कम्पनीको धितोपत्र कारोबार स्थगित गरेको छ ।
नेप्सेले एक सूचना जरी गर्दे कम्पनीले लाभांश घोषणाको जानकारी नेप्सेमा कारोबारको समय ११ः१७ बजे नट्समार्फत दिएको भन्दै धितोपत्र कारोबार स्थगतन गरिएको जनाएको छ । कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांशको निर्णय गरेको थियो ।
कम्पनीले लाभांश घोषणाको निर्णयसम्बन्ी जानकारी कारोबारको समयमा नेप्सेमा जानकारी गराएको नेप्सेले जनाएको छ । धितोपत्र सूचीकरण नियमावली,२०७५ को विनियम २२(१)मा भएको व्यवस्था अनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना,जानकारी तथा निर्णय सिर्जना भएमा सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।
कम्पनीले उक्त विनयममा भएको व्यवस्था पालना नगरेकाले उक्त विनयमावलीको विनयम १६(१)(ख)मा भएको व्यवस्था अनुरुप चैत ८ गतेको निर्णयअनुसार कम्पनीको धितोपत्र कारोबार स्थगित गरिएको हो ।
यस्तै नेप्सेले ३ कार्यदिनभित्र के कति कारणले समयमै जानकारी दिन नसकिएको भन्ने बारे स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया