मैलुङ खोला जलविद्युतको धितोपत्र कारोबार स्थगित

विदुर खबर २०८० चैत ८ गते १७:३३

नुवाकोट । नेपाल स्टक एक्सचेञ्च नेप्सेले मैलुङ खोला जलविद्युत कम्पनीको धितोपत्र कारोबार स्थगित गरेको छ ।

Advertisement

नेप्सेले एक सूचना जरी गर्दे कम्पनीले लाभांश घोषणाको जानकारी नेप्सेमा कारोबारको समय ११ः१७ बजे नट्समार्फत दिएको भन्दै धितोपत्र कारोबार स्थगतन गरिएको जनाएको छ । कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांशको निर्णय गरेको थियो ।

कम्पनीले लाभांश घोषणाको निर्णयसम्बन्ी जानकारी कारोबारको समयमा नेप्सेमा जानकारी गराएको नेप्सेले जनाएको छ । धितोपत्र सूचीकरण नियमावली,२०७५ को विनियम २२(१)मा भएको व्यवस्था अनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना,जानकारी तथा निर्णय सिर्जना भएमा सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।

Advertisement

कम्पनीले उक्त विनयममा भएको व्यवस्था पालना नगरेकाले उक्त विनयमावलीको विनयम १६(१)(ख)मा भएको व्यवस्था अनुरुप चैत ८ गतेको निर्णयअनुसार कम्पनीको धितोपत्र कारोबार स्थगित गरिएको हो ।

यस्तै नेप्सेले ३ कार्यदिनभित्र के कति कारणले समयमै जानकारी दिन नसकिएको भन्ने बारे स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

Advertisement

प्रतिक्रिया