गरिमा र महालक्ष्मी विकास बैंकको कतिमा सेयर मूल्य समायोजन
विदुर खबर
२०७५ असोज १४ गते ६:३१

काठमाडौं– आइतबार गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ।
गरिमा बैंकको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो। बैंकको समायोजनपछिको मूल्य नेप्सेले १ सय ८७ रुपैयाँ २७ पैसा दिएको छ भने आधारभूत मूल्य २ सय १८ रुपैयाँ १४ पैसा तोकेको छ।
यता नेप्सेले महालक्ष्मी विकास बैंकको ८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको छ। बैंकको समायोजनपछिको मूल्य १ सय ९१ रुपैयाँ ६७ पैसा र आधारभूत मूल्य १ सय ४५ रुपैयाँ ८३ पैसा दिएको छ।
सम्बन्धित
प्रतिक्रिया