प्रकाश सपुतले नचाए प्रचण्डलाई
नुवाकोट । पोखरालाई आइतबार पर्यटकीय राजधानी घोषणा गरियो। घोषणा गर्दै गर्दा गायक विवेक श्रेष्ठ, प्रमोद खरेल, प्रकाश सपुतलगायता गायक गायिकाले समारोहलाई संगीतमय बनाइदिए।
सोहीक्रममा अन्य गायकले एक–एक गीत गाउँदा प्रकाश सपुतलाई भने दुई गीत गाउन प्रस्ताव राखियो। ‘यो मेरो पहिलो प्रस्तुति हो, जहाँ मैले प्रधानमन्त्री प्रचण्डको अघि गाउँदैछु। हिजो युवाहरूको आवाज बोल्ने उहाँ आज नेतृत्वमा हुनुहुन्छ र सबैको आवाज सुनिदिनूस् भन्न चाहन्छु,’ उनले गीत गाउने क्रममा थपे,‘आज खुसीको दिन हो। हामी आजबाट पर्यटकीय राजधानीबासी भएका छौँ। हामी पनि आमनागरिक हौँ। त्यसैले सबै नागरिकको चाहाना पनि प्रधानमन्त्री नाचून् भन्ने पक्कै छ। यदि प्रोटोकलले मिल्छ भने आउनूस् आज नाचौँ।’
उनको आग्रहमा प्रचण्ड मख्ख पर्दै हाँस्छन् र नाच्न अघि बढ्छन्। अनि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, मेयर धनराज आचार्यलगायतले प्रचण्डलाई साथ दिन्छन्। प्रकाश गाउँछन् गलबन्दी च्यातियो तिमले तानेर बोलाउन खोजेको आफ्नै ठानेर। प्रकाशले गीत गाउन शुरू गरेपछि प्रचण्ड मस्तले नाचे।
गायक सपुतले पोखरामात्र नभई गण्डकी प्रदेश कला र संस्कृतिमा निकै धनी रहेको चर्चा छ भनी गरे। आइतबारदेखि नै पोखरामा मनोरञ्जनका सबै क्षेत्र २४ घण्टा खुल्ला भएको छ।
पोखराको फेवाताल क्षेत्र, पृथ्वीचोक, महेन्द्रपुल र चिप्लेढुंगामा अब दोहोरी साँझ, डान्सबार, डिस्को, लाइभ म्युजिकलगायत २४ घण्टाका लागि खुला गरिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया