पेट्रोलियम पदार्थको भाउ घट्यो

विदुर खबर २०८० चैत २ गते २१:४५

नुवाकोट । नेपालमा पेट्रोलियम पदार्थको भाउ घटेको छ ।

Advertisement

इन्डियन आयल कर्पोरेसनले शुक्रबार पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको हो ।

नयाँ मूल्य शुक्रबार मध्यरातिदेखि लागू हुने निमगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

अब काठमाडौंमा उपभोक्ताले पेट्रोल प्रतिलिटर १७१ र डिजेल तथा मट्टितेल १५८ रुपैयाँ तिर्नुपर्नेछ ।

प्रतिक्रिया