टिमुरेदेखि पोखरासम्म वस सेवा पुन शुरु

विदुर खबर २०८० चैत १ गते १३:१९

नुवाकोट । नुवाकोटको टिमुरे यातायात प्राली र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले सयुत्त रुपमा आजबाट रसुवाको टिमुरेदेखि पोखरासम्म सिधा वस सेवा शुरु गरेका छन् ।

Advertisement

पर्यटकीय हिसावले उत्कृष्ट रहेका पोखरा र टिमुरेमा आन्तरिक पर्यटकलाई लक्षित गरी यातायात सुचारु गरिएको टिमुरे यातायात प्रालीका प्रकाश जोशीले जानकारी दिए । रसुवाको टिमुरेबाट विहान दैनिक ७ बजे पोखराको लागि बस छुट्ने छन भने पोखराबाट दैनिक विहान ७ ः १५ बजे रसुवाको टिमुरेको लागि वस छुट्ने बताइएको छ ।

यसअघि रसुवाको टिमुरेबाट सिधा वस संचालन भएपनि कोभिडका कारण उक्त सेवा अवरुद्ध भएको थियो । पोखराबाट चिनिया नाका र ऐतिहाँसिक रसुवागढी पुग्ने आन्तरिक पर्यटकलाई लक्षित गरी बस सञ्चालनमा ल्याइएको हो ।

Advertisement

नुवाकोट बट्टारसका रमेश अधिकारीले नुवाकोटबाट पोखरा जाँदा कि त काठमाण्डौ वा धादिङको गल्छी पुगेर मात्र पोखराको वस चढ्नुपर्ने बाध्यता हटेको बताए । उनले टिमुरे–पोखरा वस सचालन भएपछि नुवाकोटको त्रिशुली, विदुर बट्टार लगायतका स्थानबाट पोखरा जान निकै सहज हुने बताए ।

रसुवाको टिमुरेबाट पोखरासम्मको लागि भाडा दर एक हजार २ सय ८५ रुपैयाँ तोकिएको छ । यस्तै नुवाकोटको त्रिशुली , विदुर , बट्टार लगायतका स्थानबाट पोखरा पुग्नका लागि ७ सय ३५ रुपैयाँ भाडा तोकिएको टिमुरे यातायात प्रालिका अध्यक्ष जोशीले बताए ।

Advertisement

यस्तो छ टिमुरे–पोखरा वसको भाडादर ।

 

प्रतिक्रिया