सुनको भाउले नयाँ रेकर्ड बनायो

विदुर खबर २०८० फागुन २७ गते ११:१७

नुवाकोट । आज आइतबार सुनको भाउ इतिहासकै उच्च भएको छ ।

Advertisement

शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। यस दिन चाँदि प्रतितोला १ हजार १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ८ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ७ हजार ५१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ६४.५० रुपैयाँ तोकेको छ।

प्रतिक्रिया