प्रधानमन्त्री दाहाल ४ जना उपप्रधानमन्त्रीको भीड जुटाएर सत्ता चलाउँदै
विदुर खबर
२०८० फागुन २३ गते २१:१९
नुवाकोट । देश आर्थिक संकटबाट गुज्रिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल भने उपप्रधानमन्त्रीको भीड जुटाएर सत्ता चलाउने अभियानमा लागेका छन् ।
नेपाली कांग्रेससंगको गठवन्धन तोडेर एमालेसँगको गठवन्धन बनाएका दाहालको सरकारमा ४ जना उपप्रधानमन्त्री बनाउने निश्चित भएको छ । त्यसमध्ये ३ जनाले आज सपथ लिए भने एकजनाले केही दिनपछि सपथ लिने बताइएको छ । आज सपथ लिएका उपप्रधानमन्त्रीहरुमा एमालेबाट रघुविर महासेठ, माओवादीबाट नारायणकाजी श्रेष्ठ र रास्वपाबाट रवि लामिछाने रहेका छन् ।
जनता समाजवादी पार्टीका उपेन्द्र यादव पनि उपप्रधानमन्त्री बन्ने लगभग निश्चित रहेको बताइएको छ, तर उनको पार्टी भित्रको आन्तरिक विवादको कारण उनले आज सपथ लिएनन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया