प्रधानमन्त्री दाहाल ४ जना उपप्रधानमन्त्रीको भीड जुटाएर सत्ता चलाउँदै

विदुर खबर २०८० फागुन २३ गते २१:१९

नुवाकोट । देश आर्थिक संकटबाट गुज्रिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल भने उपप्रधानमन्त्रीको भीड जुटाएर सत्ता चलाउने अभियानमा लागेका छन् ।

Advertisement

नेपाली कांग्रेससंगको गठवन्धन तोडेर एमालेसँगको गठवन्धन बनाएका दाहालको सरकारमा ४ जना उपप्रधानमन्त्री बनाउने निश्चित भएको छ । त्यसमध्ये ३ जनाले आज सपथ लिए भने एकजनाले केही दिनपछि सपथ लिने बताइएको छ । आज सपथ लिएका उपप्रधानमन्त्रीहरुमा एमालेबाट रघुविर महासेठ, माओवादीबाट नारायणकाजी श्रेष्ठ र रास्वपाबाट रवि लामिछाने रहेका छन् ।

जनता समाजवादी पार्टीका उपेन्द्र यादव पनि उपप्रधानमन्त्री बन्ने लगभग निश्चित रहेको बताइएको छ, तर उनको पार्टी भित्रको आन्तरिक विवादको कारण उनले आज सपथ लिएनन् ।

Advertisement

 

प्रतिक्रिया