राजनीतिका चतुर खेलाडी प्रचण्ड: सधैं सत्तामा, तेश्रो शक्ति भएरै ठूलालाई सधैं फनफनी
नुवाकोट । नेपाली राजनीतिका नयाँ चतुर खेलाडी हुन् पुष्पकमल दाहाल(प्रचण्ड) । संसदीय राजनीतिको त्यति धेरै अनुभव नभए पनि राजनीतिका ठूला खेलाडीलाई समेत माथ खुवाउँदै प्रचण्डले सत्ताको खेलमा एकपछि अर्को बाजी मारिरहेका छन् ।
परिणामस्वरुप संघीय संसदको तेश्रो ठूलो शक्ति भएर पनि प्रचण्डले यो संसद गठन भएदेखि राष्ट्रिय राजनीतिलाई आफू वरिपरि घुमाउने सफलता पाइरहेका छन् । यो क्रमले फेरि निरन्तरता पाएको छ । गत संसदीय निर्वाचनमा प्रतिनिधिसभामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याएनन् । यसैको सोझो फाइदा उठाउँदै प्रचण्डले राष्ट्रिय राजनीतिलाई आफ्नै वरिपरि घुमाइदिए, घुमाइरहेकै छन् ।
प्रतिनिधिसभामा कांग्रेसको ८९, एमालेको ७९, माओवादीको ३२, रास्वपाको २१ सिट छ । राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमत पार्टीको ६, स्वतन्त्र ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ३, मजदूर किसान पार्टी १ र राष्टिय जनमोर्चाको १ सिट रहेको छ। यसरी हेर्दा प्रतिनिधिसभामा माओवादी तेश्रो शक्तिको रुपमा छ । चौथो शक्तिको रुपमा रवि लामिछाने नेतृत्वको रास्वपा छ ।
तेश्रो शक्ति भएरै प्रचण्डले कांग्रेस र एमालेलाई फनफनी घुमाइदिएका छन् । पहिला कांगे्रेसँग सहकार्य गरेर, त्यसपछि एमालेसहितका दलसँग सहकार्य गरेदेखि पुनः कांग्रेससँगै मिलेसम्म उनले आफू सत्तामा टिकिरहने माहौल बनाइरहे । कांग्रेस, एकीकृत समाजवादीसँग आलोपालो सरकार चलाउने सहमति गरेका प्रचण्डले आफूले सत्ता छाड्ने मिति नजिकिँदै गर्दा फेरि सत्ताको नयाँ गोटी चाले । र, एमाले, रास्वपासहितको गठबन्धन तयार गर्ने महत्वपूर्ण सफलता पाए ।
नयाँ सत्ता गठबन्धनमा भएको सहमतिअनुसार यो संसदको कार्यकाल रहुञ्जेल प्रधानमन्त्रीमा प्रचण्डलाई नै अवसर दिइनेछ ।
संसदको दोश्रो शक्ति एमालेसँग प्रचण्डले कम्युनिष्ट एकताको पासा फालेका कारण पार्टीलाई एक बनाउने र ठूलो दलको अध्यक्ष केपी ओलीले चलाउने सहमति भएको एमालेकै एक सचिवालय सदस्यले दाबी गरे ।
यो वा त्यो तुरुप फालेरै पनि प्रचण्डले फेरि पनि ढुक्क भएर प्रधानमन्त्री चलाउने वातावरण तयार गरेका छन् । यो अर्थमा समेत उनी पुनः चतुर खेलाडी सावित भएका छन् ।
तेश्रो शक्ति भएर पनि प्रचण्डले संसदको यो कार्यकालभरि नै प्रधानमन्त्री बन्ने दुर्लभ अवसर प्राप्त गर्ने सम्भावना देखिएको छ । विश्वको कुनै पनि संसदीय व्यवस्था रहेको मुलुकमा पूरा कार्यकालभर तेश्रो शक्तिले सत्तामा हालीमुहाली गरेको रेकर्ड छैन ।
प्रचण्डको दाउपेचको अगाडि केपी ओलीजस्ता चतुर खेलाडीहरु समेत नतमस्तक बन्ने गरेका छन् । राजनीतिक तिकडम र सत्ताको खेलमा कुशल खेलाडीको रुपमा देखिए पनि देशलाई समृद्धिको बाटोमा लैजाने विषयमा भने प्रचण्डको भूमिका दमदार छैन ।
बिग्रिएको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउने मामलामा उनको राजनीतिक चतुरताले खासै काम गरेको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया