धादिङको थाँक्रेमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

विदुर खबर २०८० फागुन १३ गते ८:४७

नुवाकोट । दक्षिणी धादिङको थाँक्रे गाउँपालिका–८ मा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

Advertisement

अन्य ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा थाँक्रे–८ काउलेका ८० वर्षीय शेर बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

शनिवार दिउँसो नौबिसेबाट काउले जाँदै गरेको बा १६ च ८११३ नम्बरको सिङ्गल क्याबिनका बोलेर सडकबाट करिब १५० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

Advertisement

घाइते हुनेहरुमा सोही ठाउँका चालक विष्णु स्याङ्ताङ, शरण तामाङ, विष्णु तामाङ, शर्मिला तामाङ र राम विश्वकर्मा रहेका छन् ।घाइतेहरूको काठमाडौँ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

मृतक तामाङको शव धार्के स्थित साईबाबा सामुदायिक अस्पतालबाट पोस्ट मार्टमको लागि गजुरी अस्पताल लगिएको प्रहरीले जनाएको छ।

Advertisement

प्रतिक्रिया