अभिनेत्री रेखा थापालाई पुत्रीलाभ

विदुर खबर २०८० फागुन ११ गते २०:५४

नुवाकाेट । अभिनेत्री रेखा थापालाई पुत्रीलाभ भएको छ ।

Advertisement

अभिनेत्री रेखाले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी हुन् ।

अमेरिकामा छोरीलाई जन्म दिएकी उनले नवजात छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेको उल्लेख गरेकी छन् ।‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ। वैभबी राज्यलक्ष्मी शाही ठकुरी’, उनले लेखेकी छन्

Advertisement

उनले अमेरिकास्थित कोलोराडोकाे एक अस्पतालमा शुक्रबार पहिलाे सन्तानकाे रूपमा छाेरीलाई जन्म दिएकी हुन्।

 

Advertisement

प्रतिक्रिया