राजसंस्थाको मागसहित नुवाकोटमा राप्रपाको प्रदर्शन
नुवाकोट । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नुवाकोटमा प्रदर्शन गरेको छ ।
प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न माग राख्दै राप्रपाले विरोध प्रदर्शन गरेको हो ।
आजदेखि नुवाकोटसहित देशभरका जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गर्ने कार्यक्रम रहेको राप्रपा नुवाकोटका अध्यक्ष कुल वहादुर खड्गीले जानकारी दिए ।
राप्रपाले विदुर लोकतान्त्रि चौतारोबाट विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रर्दशनमा गणतन्त्र खारेज गर, प्रदेश संरचनाको खारेज गर, राजा आउ देश बचाउ लगायतको नारा लगाइएको छ ।
हेर्नुहोस् तस्वीरहरू :



- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट





प्रतिक्रिया