प्रदेश नं ३ मा १८ विधेयक पारित
विदुर खबर
२०७५ असोज १२ गते १४:५१
हेटौँडा असोज १२ , प्रदेश नं ३ प्रदेशसभाको बैठकमा सैद्धान्तिक छलफलका लागि आज दुई वटा विधेयक दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश सञ्चारमाध्यमसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक २०७५ र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले प्रदेश यातायात व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो । दुबै विधेयक यही असोज १९ गते दिनको १ बजे बस्ने प्रदेशसभाको ५१ औँ बैठकमा छलफल हुने छ ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतकुमार बढाथोकीले रासससँग संक्षिप्तमा कुराकानी गर्दै प्रदेशसभाको बैठकले हालसम्म विभिन्न १८ विधेयक पारित गरिएको र तीमध्ये १७ विधेयक प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रमाणीकरण गरी पठाउनुभएको जानकारी दिनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया