प्रदेश नं ३ मा १८ विधेयक पारित
विदुर खबर
२०७५ असोज १२ गते १४:५१
हेटौँडा असोज १२ , प्रदेश नं ३ प्रदेशसभाको बैठकमा सैद्धान्तिक छलफलका लागि आज दुई वटा विधेयक दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश सञ्चारमाध्यमसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक २०७५ र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले प्रदेश यातायात व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो । दुबै विधेयक यही असोज १९ गते दिनको १ बजे बस्ने प्रदेशसभाको ५१ औँ बैठकमा छलफल हुने छ ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतकुमार बढाथोकीले रासससँग संक्षिप्तमा कुराकानी गर्दै प्रदेशसभाको बैठकले हालसम्म विभिन्न १८ विधेयक पारित गरिएको र तीमध्ये १७ विधेयक प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रमाणीकरण गरी पठाउनुभएको जानकारी दिनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया