प्रथम नुवाकोट खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता उपाधि विधान र प्रविनलाई

विदुर खबर २०८० फागुन ८ गते १२:१२

नुवाकोट । नुवाकोटमा शनिवारदेखि शुरु भएको प्रथम नुवाकोट खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता उपाधि कास्कीका विधान अधिकारी र त्रिभुवन आर्मी क्लबका प्रविन लिङ्थेपको जोडीले हात पारेको छ ।

Advertisement

कोलनि ब्याडमिन्टन गु्रपको आयोजना भएको प्रतियोगिताको फाईनलमा ललितपुरका शशिन डंगोल र सुमन शाक्यलाई पराजित गर्दै विधान र प्रविनको जोडीले उपाधि हात पारेका हुन् ।

यस्तै प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका नरेन्द्र बम र हिमाल चन्द तथा लाफा समुहका अक्षय क्षेत्री र विवेक न्यौपानेको जोडी तेस्रो भए ।
प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैया प्रमाणपत्र र मेडल प्राप्त गरे भने दोस्रो हुनेले नगद २५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै तेस्रो हुनेले १० हजार रुपैयाँ हात पारेका छन् ।

Advertisement

यस्तै प्रतियोगिता अन्र्तगत जिल्लास्तरीय पुरुषतर्फ सुनवहादुर तामाङ र रामप्रकाश प्रधानको जोडी प्रथम भए । उनीहरुले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै दोस्रो भएका श्रीराम तामाङ र गणेश लामाको जोडीले ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र हात पारे । त्यस्तै सुपल गुरुङ र विवेक जोशी तथा कमल बोहोरा र खगेन्द्र खड्काको जोडी तेस्रो हुँदै नगद ३ हजार रुपैयाँ हात पारे ।

Advertisement

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताए । उनले नगरपालिका सधैँ खेल क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

प्रतियोगितालाई सुजिम बजार, रेक्बो पेन्ट्स र क्रेट टायरले प्रायोजन गरेको छ भने संरक्षकको रुपमा विदुर नगरपालिका रहेको छ ।

प्रतिक्रिया