नुवाकोटका रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचारको मुद्दा

विदुर खबर २०८० फागुन ६ गते १८:३९

नुवाकोट । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

Advertisement

मेलम्ची खानेपानी आयोजनामा इटालियन ठेकेदार सीएमसीलाई डि रेभेनालाई मेलम्ची खानेपानी आयोगजनामा अनुचित ढंगले बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको अभियोगमा सहसचिव तामाङलाई भ्रष्टाचारको मुद्दा लागेको हो ।

मेलम्ची खानेपानी विकास समिति सदस्यका रुपमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै तामाङविरुद्ध ११ करोढ ९ लाख बराबरको भ्रष्टाचार मुद्दा दायर भएको हो ।

Advertisement

सीएमसीलाई रकम भुक्तानी गर्ने समयमा तामाङ काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत थिए ।

 

Advertisement

 

प्रतिक्रिया