धादिङमा तीर्थयात्री बोकेको बस दुर्घटना, ३० जना घाइते

विदुर खबर २०८० फागुन ५ गते २१:५३

नुवाकोट । पृथ्वी राजमार्ग अन्तरगत मलेखु बेनीघाट सडक खण्डमा भएको सवारी दुर्घटनामा परी ३० यात्रु घाईते भएका छन् ।

Advertisement

काठमाण्डौबाट मुग्लीनतर्फ जाँदै गरेको तीर्थयात्री बोकेको बा ५ ख ५०७१ नम्वरको बस र विपरित दिशाबाट आउँदै लु १ क नम्वरको ट्रकसँग एक आपसमा ठक्र खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटना वेनीघाट रोराङ्ग गाउँपालिकास्थित मलेखु नजिकै भएको हो । दुर्घटनामा परी घाईते भएकाहरुलाई मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ ।

Advertisement

दुर्घटनाका गम्भिर घाईते ६ जनालाई थप उपचारका लागि राजधानी काठमाण्डौतर्फ लगिएको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया