प्रथम नुवाकोट खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

विदुर खबर २०८० फागुन ५ गते १२:०९

नुवाकोट । नुवाकोटमा शनिवारदेखि प्रथम नुवाकोट खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

Advertisement

प्रतियोगिताको उद्घाटन बाग्मति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुरसिंह लामा तथा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ लगायतले गरेका थिए ।

कोलनि ब्याडमिन्टन गु्रपको आयोजना भएको प्रतियोगितामा रास्ट्रिय पुरुष डबल खुल्ला तर्फ ४० जना र जिल्ला तर्फको स्पर्धामा ८० जना खेलाडीहरुले भाग लिएका छन् ।

Advertisement

जिल्लामा व्याडमिन्टन खेलको विकासको लागि प्रतियोगिता आयोजना गरिएको कोलनी व्याडमिन्टन गु्रपका संयोजक शनि चित्रकारले विदुर खबरलाई जानकारी दिए ।

प्रतियोगितामा खुल्ला पुरुष डबलतर्फको विजेताले ५० हजार रुपैयाँ पाउने छ भने दोस्रो हुनेले नगद २५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ हात पार्नेछन् ।

Advertisement

यस्तै जिल्लास्तरीय पुरुषतर्फ प्रथम हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५ हजार रुपैयाँ र तेस्रो हुनेले ३ हजार हात पार्नेछन् ।

प्रतियोगितालाई सुजिम बजार, रेक्बो पेन्ट्स र क्रेट टायरले प्रायोजन गरेको छ भने संरक्षकको रुपमा विदुर नगरपालिका रहेको छ ।

प्रतिक्रिया