रसुवा भन्सारबाट राजश्व असुलीमा उल्लेख्य सुधार
रसुवा । रसुवा भन्सार कार्यालयले गत अर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षको माघ मसान्त सम्ममा राजश्व असुलीमा उल्लेख्य सुधार भएको जनाएको छ ।
आर्थिक बर्ष ०७९।०८० को तुलनामा यस आर्थिक बर्षको माघ मसान्तसम्ममा चिनीयाँ समाग्रीको आयात एक सय उनानअसि प्रतिशतले वृद्धि हुँदा भन्सार राजश्व भने दुई सय ९५ प्रतिशतले वृद्धि भएको जनाएको छ ।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद पाठकका अनुसार आर्थिक बर्ष ०७९।०८० को माघ मसान्तसम्ममा १७ अर्ब ५४ करोड रुपैयाँको आयात हुँदा तीन अर्ब ९८ करोड राजश्व संकलन भएको थियो भने यस आर्थिक बर्षको सोही अवधिसम्म ३१ अर्ब ४८ करोड रुपैयाँको समान आयात हुँदा ११ अर्ब ७३ करोड रुपैयाँ राजश्व संकलन गर्न सफल भएको उहाँले बताउनु भयो ।
गत आर्थिक बर्षको माघ मसान्तसम्मको आयातसँगै राजस्व असुली तुलनात्मक रूपमा हेर्दा यस वर्ष झन्डै तीन गुणाले बढेको देखिन्छ । चीनबाट नेपाल आयात हुने समाग्रीहरुमा साना–ठूला सबै प्रकारका सवारी साधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोसाक, जुत्ता चप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्री जस्ता विविध सामग्री आयात भइरहेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एभरेष्ट कलरको आईपीओ बाँडफाँट
सार्वजनिक खरिद नियमावलीमा व्यापक सुधार आवश्यक छ : सांसद आचार्य
पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो





प्रतिक्रिया