यात्रु ठग्ने धादिङको एक होटललाई लाख रुपैयाँ जरिवाना
नुवाकोट । पृथ्वी राजमार्ग छेउमा सञ्चालन हुँदै आएको एक रेष्टुरेन्टलाई स्थानीय प्रशासनले एक लाख रुपैयाँ जरिवाना गरेको छ ।
२० रुपियाँ मुल्य पर्ने दुईवटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएपछि धादिङको गल्छि गाउँपालिका वडा नम्वर –७ मासटारमा रहेको ह्याम्लेट रेष्टुरेन्टलाई जिल्ला अनुगमन समितिले जरिवाना गरेको हो ।
पृथ्वी राजमार्ग आसपासमा सञ्चालित होटलहरुले महंगो मूल्य असुल्ने गरेको भन्ने जनगुनासो आउन थालेपछि पछिल्लो समय राजमार्गमा सञ्चालन हुँदै आएका होटल, किराना पसल र क्याफेलाई विशेष निगरानीमा राखी अनुगमन सुरु गरेको अनुगमन समितिका संयोजक एवं धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए ।
ह्याम्लेट रेष्टुरेन्टलाइ भने उपभोक्ताबाट गुनासो आएपछि चाउचाउ पकाएर खाएको पैसा तिरेको बिलसहित जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेपछि अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कार्वाही गरेको पराजुलिले बताए ।
यसैगरी गल्छि गाउँपालीकाकै नवोदिप स्टोर र रिभर भ्यू क्याफेलाई दश-दश हजार रुपैयाँ जरिवाना गरिएको छ । विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पनि पालना नगरेको र अधिकतम मूल्य लिएकाले ति रेष्टुरेन्टहरुलाई जरिवाना गरिएको हो ।
पछिल्लो समय एमआरपीमा उपभोक्ता ठगिने गुनासोहरु आउने गरेको पनि जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । स्थानीय प्रशासनले अबका दिनमा महंगो मूल्य असुल्ने ब्यपारीहरु केन्द्रित अनुगमन गर्ने जानकारी दिएको छ ।
यसका लागी उपभोक्ताले खरिद बिल र प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन सक्नेछन् । स्थानीय प्रशासनले उपभोक्ताहरूलाई पनि तोकिएको मूल्य भन्दा बढीमा सामान खरिद नगर्न अनुरोध गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया