हिजोका सरकारका कारण अर्थतन्त्रमा समस्या आयो : अर्थमन्त्री महत

विदुर खबर २०८० माघ २४ गते १०:४७

नुवाकोट । अर्थमन्त्री डा. प्रकाश शरण महतले यस अघिका सरकारले अनुत्पादक क्षेत्रमा मनलाग्दी काम गरेकाले बजेटरी प्रणाली बिग्रिएको बताएका छन् ।

Advertisement

यस अगाडीका सरकारले स्रोत सुनिश्चितताबिना नै पूर्वाधारको काम अगाडी बढाएकोले अहिलेको समस्या देखिएकोले यसको समबोधन हुनलाई अझै २ वर्ष लाग्ने बताएका हुन् ।

इकोनोमिक मिडिया सोसाइटीले आयोजना गरेको ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री महतले यस्तो बताएका हुन् । बजेट नै बिनियोजन नभई स्रोत नै सुनिश्चित नभई पूर्वाधारका काम भएकाले समस्या भएको उनको भनाई थियो । यस अगाडीका सरकारले उधारोमा काम गर्दा अर्थतन्त्रमा समस्या देखिएको उनले दाबी गरे ।

Advertisement

उनले भने ‘स्रोत नै सुनिश्चित नभई अर्वौको ठेक्का लगाउने र काम पनि उधारो मै गर्नेपूर्व सरकारको कारण समस्या देखिएको हो, अहिले म् मिलाउदै छु’। उनले अगाडी भने ‘पूर्व सरकारले गल्ति गरेकाले अहिले त्यसलाई मिलाउदै छु, यो सबै मिलाउन २ वर्ष लाग्छ’।

कोभिडको समस्यामा आवश्यक भन्दा बढी कर्जा लगानी भएकोले शेयरबजार, र घरजग्गा कारोबार बढेको तर त्यो वृद्धि वास्तविक नभएको उनले टिप्पणी गरे । बढी कर्जा परिचालन हुँदाको समस्या अहिले देखिएकोले यसको समस्या समाधान हुनलाई अझै केहि वर्ष लाग्ने समेत उनले बताए ।

Advertisement

अब सबैले बेलैमा करेक्सन हुनुको विकल्प नभएको बताउदै उनले सबैलाई घाँटी हेरेर ऋण लिन र लिएको ऋण तिर्नलाई आग्रह गरे । हिजो आवश्यकता भन्दा बढी कर्जा प्रवाह हुनुमा ऋणी मात्र नभई बैंक र राष्ट्र बैंक पनि उत्तिकै दोषी भएको समेत उनले बताए ।

प्रतिक्रिया