विदुर मेयर कप फुटवल : सेमिफाईनलका खेल स्थगित
विदुर खबर
२०८० माघ १९ गते १६:५८
नुवाकोट । बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिताको सेमिफाईनल खेल स्थगित भएको छ ।
लिखु गाउँपालिकाले प्रतियोगितामा विजेता र उपविजेता छनौटमा नुवाकोट फुटवल संघले त्रुटि गरेको भन्दै छानविन गरि विजेता र उपविजेता घोषणा गरिदिन माग गर्दे जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उजुरी दिएपछि खेल स्थगित भएको हो ।
प्रशासनमा सरोकारवाला निकायहरुको छलफल पछिको निर्णयले सेमिफाइनल सुचारु गर्ने निर्णय भएपनि समय अभावको कारण खेल आजको लागि स्थगित भएको नुवाकोट फुटवल संघले जनाएको छ ।
संघका अनुसार स्थगित भएको सेमिफाईनल खेल शनिवार हुनेछन् भने फाईनल खेल आईतवार हुने छ ।
प्रतियोगिताका सेमिफाईनलमा म्यागङ गाउँपालिका र सुर्यगढी गाउँपालिकाविच प्रतिष्पर्धा हुने छ भने शिवपुरी र विदुर नगरपालिका विच खेल हुने छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया