विदुर मेयर कप फुटवल : सेमिफाईनलका खेल स्थगित
विदुर खबर
२०८० माघ १९ गते १६:५८

नुवाकोट । बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिताको सेमिफाईनल खेल स्थगित भएको छ ।
लिखु गाउँपालिकाले प्रतियोगितामा विजेता र उपविजेता छनौटमा नुवाकोट फुटवल संघले त्रुटि गरेको भन्दै छानविन गरि विजेता र उपविजेता घोषणा गरिदिन माग गर्दे जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उजुरी दिएपछि खेल स्थगित भएको हो ।
प्रशासनमा सरोकारवाला निकायहरुको छलफल पछिको निर्णयले सेमिफाइनल सुचारु गर्ने निर्णय भएपनि समय अभावको कारण खेल आजको लागि स्थगित भएको नुवाकोट फुटवल संघले जनाएको छ ।
संघका अनुसार स्थगित भएको सेमिफाईनल खेल शनिवार हुनेछन् भने फाईनल खेल आईतवार हुने छ ।
प्रतियोगिताका सेमिफाईनलमा म्यागङ गाउँपालिका र सुर्यगढी गाउँपालिकाविच प्रतिष्पर्धा हुने छ भने शिवपुरी र विदुर नगरपालिका विच खेल हुने छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया