विदुर मेयर कप फुटवल : आज सेमिफाईनलको खेल हुँदै

विदुर खबर २०८० माघ १९ गते ११:०६

नुवाकोट । नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आज सेमिफाईनको खेल हुने छ ।

Advertisement

नुवाकोट आर्दश बुहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा दिउँसो १२ बजे हुने पहिलो सेमिफाईनलमा म्यागङ गाउँपालिकाले सुर्यगढी गाउँपालिकासँग प्रतिष्पर्धा गर्ने छ ।

सुर्यगढी गाउँपालिका समुह ए को शिर्ष स्थानमा रहदै सेमिफाईनल प्रवेश गरेको हो भने म्यागङ गाउँपालिका समुह सि को शीर्ष स्थानमा रहदै सेमिफाइनल प्रवेश गरेको हो ।

Advertisement

यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा शिवपुरी गाउँपालिका र विदुर नगरपालिकाविच प्रतिष्पर्धा हुने छ । खेल दिउँसो ३ बजे हुने आयोजक विदुर नगरपालिकाले जानकारी दिएको छ ।

शिवपुरी गाउँपालिका समुह बि को शिर्ष स्थानमा रहदै सेमिफाईल प्रवेश गरेको हो भने विदुर सबै समुहमध्येबाट उत्कृष्ट उप–विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

Advertisement

 

प्रतिक्रिया