विदुर मेयर कप फुटवल : शिवपुरी गाउँपालिका सेमिफाईनल प्रवेश

विदुर खबर २०८० माघ १७ गते १४:२५

नुवाकोट । शिवपुरी गाउँपालिका नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा केहीवेर अघि सम्पन्न खेलमा बेलकोगढी नगरपालिकासँग वरावरी खेल्दै शिवपुरी गाउँपालिका सेमिफाइनल प्रवेश गरेको हो । दुई खेलमा एक जित र एक वरावरी खेल्दै ४ अंकका साथ शिवपुरी गाउँपालिका समुह बि को शिर्ष स्थानमा रहदै सेमिफाइनल प्रवेश गरेको हो ।

त्यस्तै दुबै खेलमा बरावरी खेलेको बेलकोटगढी नगरपालिकाको उत्कृष्ट उपविजेता भएर सेमिफाइनल प्रवेश गर्ने अंकगणितिय संभावना भने कायमै छ ।

Advertisement

आज शिवपुरीको तर्फबाट आलिक तामाङले गोल गरेका थिए भने बेलकोटगढी नगरपालिकाको तर्फबाट विवस लामाले वरावरी गोल फर्काएका थिए । खेलको म्यान अफ दि म्याच बेलकोटगढीका विवस लामा घोषित भए । उनल नगद एक हजार रुपैयाँसहित ट्रफी समेत हात पारे ।

आजै हुने दोस्रो खेलमा विदुर नगरपालिका र तादी गाउँपालिकाविच प्रतिष्पर्धा हुने छ ।

Advertisement

प्रतियोगितामा नुवाकोटका दुई नगरपालिका र ८ गाउँपालिकासहित १० टोलिले सहभागिता जनाएका छन् । प्रतियोगिता यहि माघ २० गतेसम्म संचालन हुने छ ।

प्रतियोगिताको बिजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोकजक विदुर नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया