विदुर मेयर कप फुटवल : शिवपुरी गाउँपालिका सेमिफाईनल प्रवेश
नुवाकोट । शिवपुरी गाउँपालिका नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा केहीवेर अघि सम्पन्न खेलमा बेलकोगढी नगरपालिकासँग वरावरी खेल्दै शिवपुरी गाउँपालिका सेमिफाइनल प्रवेश गरेको हो । दुई खेलमा एक जित र एक वरावरी खेल्दै ४ अंकका साथ शिवपुरी गाउँपालिका समुह बि को शिर्ष स्थानमा रहदै सेमिफाइनल प्रवेश गरेको हो ।
त्यस्तै दुबै खेलमा बरावरी खेलेको बेलकोटगढी नगरपालिकाको उत्कृष्ट उपविजेता भएर सेमिफाइनल प्रवेश गर्ने अंकगणितिय संभावना भने कायमै छ ।
आज शिवपुरीको तर्फबाट आलिक तामाङले गोल गरेका थिए भने बेलकोटगढी नगरपालिकाको तर्फबाट विवस लामाले वरावरी गोल फर्काएका थिए । खेलको म्यान अफ दि म्याच बेलकोटगढीका विवस लामा घोषित भए । उनल नगद एक हजार रुपैयाँसहित ट्रफी समेत हात पारे ।
आजै हुने दोस्रो खेलमा विदुर नगरपालिका र तादी गाउँपालिकाविच प्रतिष्पर्धा हुने छ ।
प्रतियोगितामा नुवाकोटका दुई नगरपालिका र ८ गाउँपालिकासहित १० टोलिले सहभागिता जनाएका छन् । प्रतियोगिता यहि माघ २० गतेसम्म संचालन हुने छ ।
प्रतियोगिताको बिजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोकजक विदुर नगरपालिकाले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया