विदुर मेयर कप फुटवल: म्यागङ गाउँपालिका सेमिफाइनल प्रवेश

विदुर खबर २०८० माघ १५ गते १७:०७
म्यागङ गाउँपालिकाको टिम ।

नुवाकोट । म्यागङ गाउँपालिका नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा केहीवेर अघि सम्पन्न खेलमा तादी गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै म्यागङ गाउँपालिका प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दै सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको हो ।

म्यागङ गाउँपालिकालाई जित दिलाउन जर्सी नम्बर ७ का विकास थापामगरले दुई गोल गरे । त्यस्तै जर्सी नम्बर १२ का सनिप तामाङ र जर्सी नम्बर १२ अजय वाइवाले एक÷एक गोल गरेका थिए । वाईवाले पेनाल्टी मार्फत गोल गरेका थिए ।

Advertisement

त्यस्तै तादी गाउँपालिकाको तर्फबाट प्रकाश परियार र विश्वास खनालले सान्त्वना गोल फर्काएका थिए ।

खेलको म्यान अफ दी म्याच म्यागङ गाउँपालिकाका जर्सी नम्बर १५ का राम तामाङ घोषित भए । उनले नगद एक हजार रुपैयाँसहित ट्रफी समेत हात पारेका थिए ।

Advertisement

यस अघि विदुर नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै म्यागङ गाउँपालिकाले प्रतियोगितामा शानदार शुरुवात गरेको थियो ।
प्रतियोगिताको बिजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोकजक विदुर नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा नुवाकोटका दुई नगरपालिका र ८ गाउँपालिकासहित १० टोलिले सहभागिता जनाएका छन् । प्रतियोगिता यहि माघ २० गतेसम्म संचालन हुने छ ।

प्रतिक्रिया