मानव बेचबिखन मुद्दाका फरार धादिङका तामाङ ३२ वर्षपछि पक्राउ
नुवाकोट । मानव बेचबिखन मुद्दामा फरार रहेका प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङ मेत्रावती गाउँपालिका-२ का ५७ वर्षीय वीरबहादुर तामाङ रहेका छन्। उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बुधबार ललितपुर महानगरपालिका-१४ तिखेदेवलबाट पक्राउ गरेको हो।
उनले एक महिलालाई ब्रुनाइ पठाइदिन्छु भन्दै झुक्याएर २०४७ चैत ३ गते भारतको पश्चिम बंगाल पुर्याएको आरोप छ। काठमाडौंबाट लगेर काकडभिट्टा हुँदै पश्चिम बंगालको बागडोरामा पुर्याएर बेचेको ब्युरोले जनाएको छ।
तामाङले भारतीय नागरिकसँग १० हजार भारतीय रुपैयाँ लिएर ती महिलालाई बेचेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
भारतीय नागरिकले रिक्सामा राखेर लग्दै गरेको बेलामा ती महिला हामफालेर भागेकी थिइन्। भागेर उनी भारतीय प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। भारतीय प्रहरीले उनलाई काकडभिट्टासम्म पुर्याएपछि उनी घर फर्किएकी हुन्।
उनले स्वदेश फर्किनसाथ प्रहरीमा जाहेरी दिएपनि प्रतिवादी तामाङ पक्राउ पर्न सकेका थिएनन्। लामो समयको निगरानी र खोजतलास गर्दा बुधबार पक्राउ परेको प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया