काँग्रेसबाट निर्वाचित वडाध्यक्ष १५ लाख घुससहित पक्राउ

विदुर खबर २०८० माघ ४ गते ८:५७

नुवाकोट । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुससहित पक्राउ परेका छन्।

Advertisement

अख्तियारले उनलाई बुधबार राति १५ लाख घुससहित भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो।

घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले बादेलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ।

Advertisement

१५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानीज ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। पक्राउ परेका बादे नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

बादेलाई विषेश सुराकीका आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनले केहि समय अघि देखि सिफारिस गर्ने क्रममा वार्गेनिङ गर्दै आइरहेको सूचना समेत अख्तियारले पाएको थियो।

Advertisement

प्रतिक्रिया