धादिङ थाक्रेका सानुमान तामाङको शव भेटियो

विदुर खबर २०८० माघ ३ गते १८:३३
सांकेतिक तश्वीर ।

नुवाकोट । काठमाडौंमा दुई जनाको शव फेला परेको छ।

Advertisement

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगन्जको निर्माणाधीन भवनमा एक जनाको शव फेला परेको छ।

ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका-१ घर भएका २८ वर्षीय सानुमान तामाङ सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ ओम चोक सैलुङगेश्वरी गेष्ट हाउसनजिक बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया