नुवाकोटको बेलकोगढीमा भिरबाट लडेर एक जनाको मृत्यु
विदुर खबर
२०८० पुष २३ गते ७:१८

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा भिरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ११ ढाडेखर्क बस्ने बर्ष ६० का ज्ञान बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
आईतवार विहान आफ्नै घरदेखि करिब १ किलोमिटरको दुरीमा रहेको गोरेटा भीर बाटोबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र वहादुर खड्काले जानकारी दिए ।
उनी भिरबाट लडेर करिव एकसय मिटर तल खहरे खोल्सामा पुगेका थिए । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटेको प्रहरी अधिकृत सहितको टोलीले आवश्यक कानूनी प्रक्रिया पुरा गरि लाश पोष्टमार्टमको लागि त्रिशुली अस्पताल ल्याइएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया