राष्ट्रको अस्तित्वमाथि खिया लाग्दैछ : पूर्वराजा ज्ञानेन्द्र शाह
नुवाकोट । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रको अस्तित्वमाथि खिया लाग्दै गइरहेको बताएका छन्।
बिहीबार रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा पूर्वराजा शाहले नेपाल र नेपालीहरू परावलम्बी र परनिर्भर बन्दै गएकाले आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिँदै गइरहेको पनि बताएका छन्।
‘हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन। सदाचारी राजनीतिको युग बितिसकेको छ। हामी चिसो बहानामा बाँचिरहेका छौं’, शाहले आफ्नो सम्बोधनमा भनेका छन्।
साथै उनले अनेक स्रोत साधन र सम्पदाले भरिपूर्ण भएको समृद्धशाली देश सुन्दर र मनोरम भए पनि यतिका सम्पदा, मूल्य मान्यता तथा सभ्यता भएर पनि आज कता कता आफैं हराइरहेको बताएका छन्।
पूर्वराजा शाहले देश बनाउन राम्रो मार्गचित्र तयार गर्नुपर्नेमा जोड दिँदै द्वन्द्व, विग्रह र विवादबाट उठेर नेपालको माटो र नेपाली बाटो समातेर हिँड्न कविता शैलीमा आह्वानसमेत गरेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया