इन्द्रायणी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १ मा रहेको इन्द्रायणी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।
सोमबार एक कार्यक्रमकाबीच विदुर नगरपालिका–१ का वडा सदस्य भगवती राजभण्डारीले विद्यालयका प्रधानाध्यापक रिताकुमारी बर्तौलालाई उक्त सामाग्री हस्तान्तरण गरेकी हुन् ।
उक्त पोशाक काठमाडौं तारकेश्वर नगरपालिका–२ निवासी दम्पत्ति सुजनकुमार डोटेल र आशिष्मा थपलिया डोटेल र विदुर नगरपालिका वडा नं १ निवासी हाल अष्ट्रेलिया आकृति थपलियाले विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाई ट्रयाकसुट उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक बर्तौलाले जानकारी दिईन् ।
विद्यार्थीहरूलाई जाडोयाममा न्यानो बनाउन र अध्ययनप्रति जागरुक बनाउनका लागि विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको समाजसेवी डोटेलले बताए ।
कार्यक्रममा १ नम्बर वडाका वडा सचिव विष्णु गजुरेल, विद्यालय व्यवस्थापन समिति सदस्य रामप्रसाद पाठक, बैकुण्ठ पाण्डे, कल्पना मिजार स्थानीय बुद्धिजिवि समाजसेवी शंकर पाण्डेलगायत उपस्थिति रहेको थियो ।
जाडोको समयमा विद्यालयको लोगो अङ्कित विद्यालय पोशाक पाएपछि विद्यार्थीहरू खुशी भएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया