कुखुरापालन सम्बन्धी तालिम सम्पन्न
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ माझिटारमा एक दिने कुखुरा पालन तथा जाडोयाम व्यवस्थापन सम्बन्धित कृषक तालिम सम्पन्न भएको छ ।
न्यु होप एग्रो विजनेस प्रालि चितवनको आयोजना तथा विदुर नगरपालिका वडा नम्बर ५ कार्यालयको समन्वयमा तालिम आयोजना गरिएको हो । तालिममा जाडो समयमा कुखुराको व्यवस्थापन र कुखुरामा देखिने रोगको सम्बन्धमा न्यु होप एग्रो विजनेस प्रालिका डाक्टरहरु सुदिप कोइराला र कपिल भुसालले प्रशिक्षण गराएका थिए ।
न्यु होप एग्रो विजनेस प्रालि चितवनले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विदुर ५ मा तालिमको आयोजना गरेको हो ।
तालिममा सहभागि भएका व्यवसायीक कुखुरापालक कृषकहरुलाई व्यवसायका लागि थप दक्ष बनाउन तालिमले महत्वपुर्ण भुमिका खेल्ने वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले बताए । उनले वडा कार्यालयले कृषकहरुको लागि प्राथमिकता दिएर काम गरिरहेको भन्दै सकेको सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा सहभागि भएका कृषकहरुले जाडो समयमा कुखुराको हेरचाह र कुखुरा पालन व्यवसायमा देखिने चुनौतिको विषयमा जानकारी हासिल गरेको भन्दै खुशी व्यक्त गरे
कार्यक्रममा कुखुरा व्यवसायबाट राम्रो आम्दानी गरेको भन्दै विदुर नगरपालिका वडा नम्बर ९ कोलनीकी अनिसा माया तामाङलाई सम्मान गरिएको थियो ।
तालिममा ४० भन्दा बढी कृषकहरुको सहभागिता रहेको थियो । तालिम दिने संस्था न्यु होप एग्रो विजनेस प्रालि चितवनले कुखुराहरुको लागि पोषक दाना उत्पादन गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया