कुखुरापालन सम्बन्धी तालिम सम्पन्न
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ माझिटारमा एक दिने कुखुरा पालन तथा जाडोयाम व्यवस्थापन सम्बन्धित कृषक तालिम सम्पन्न भएको छ ।
न्यु होप एग्रो विजनेस प्रालि चितवनको आयोजना तथा विदुर नगरपालिका वडा नम्बर ५ कार्यालयको समन्वयमा तालिम आयोजना गरिएको हो । तालिममा जाडो समयमा कुखुराको व्यवस्थापन र कुखुरामा देखिने रोगको सम्बन्धमा न्यु होप एग्रो विजनेस प्रालिका डाक्टरहरु सुदिप कोइराला र कपिल भुसालले प्रशिक्षण गराएका थिए ।
न्यु होप एग्रो विजनेस प्रालि चितवनले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विदुर ५ मा तालिमको आयोजना गरेको हो ।
तालिममा सहभागि भएका व्यवसायीक कुखुरापालक कृषकहरुलाई व्यवसायका लागि थप दक्ष बनाउन तालिमले महत्वपुर्ण भुमिका खेल्ने वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले बताए । उनले वडा कार्यालयले कृषकहरुको लागि प्राथमिकता दिएर काम गरिरहेको भन्दै सकेको सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा सहभागि भएका कृषकहरुले जाडो समयमा कुखुराको हेरचाह र कुखुरा पालन व्यवसायमा देखिने चुनौतिको विषयमा जानकारी हासिल गरेको भन्दै खुशी व्यक्त गरे
कार्यक्रममा कुखुरा व्यवसायबाट राम्रो आम्दानी गरेको भन्दै विदुर नगरपालिका वडा नम्बर ९ कोलनीकी अनिसा माया तामाङलाई सम्मान गरिएको थियो ।
तालिममा ४० भन्दा बढी कृषकहरुको सहभागिता रहेको थियो । तालिम दिने संस्था न्यु होप एग्रो विजनेस प्रालि चितवनले कुखुराहरुको लागि पोषक दाना उत्पादन गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया