आधा लघुवित्तले अझै गरेन लाभांश घोषणा

विदुर खबर २०८० पुष १३ गते ८:५५

नुवाकोट । नुवाकोटको आशा लघुवित्त वित्तिय संस्था लिमिटेडले अझै लाभान्स घोषणा गरेको छैन ।

Advertisement

साधारणसभा गर्ने पुस महिनाको समय घर्किदै जाँदा लघुवित्तले अझै पनि लाभांश घोषणा गर्न सकेको छैन ।
। गत वर्षको आर्थिक मन्दीका कारण नाफा कमाउन नसकेका कारण धेरै लघुवित्तले लाभांश नदिने घोषणा गरेका छन् ।

नेप्सेमा सुचीकृत लघुवित्तहरुमध्ये अहिलेसम्म १६ वटा लघुवित्तले लाभांश नदिने घोषणा गरेका छन् भने १२ वटा लघुवित्तले लाभांश दिने गरी साधारण सभाको तयारी गरेका छन् । बाँकी २७ वटा कम्पनीले अझैसम्म लाभांश घोषणासँगै साधारण सभाको सूचना सार्वजनिक गरेका छैनन ।

Advertisement

प्रतिक्रिया