सेयर बजार र घरजग्गा कारोबारले लय समात्यो : अर्थमन्त्री महत

विदुर खबर २०८० पुष १० गते १५:०३

नुवाकोट । अर्थमन्त्री प्रकाश शरण महतले नियामक निकायले अपनाएको लचकताका कारण सेयर बजार र घरजग्गा कारोबारले लय समातेको बताएका छन् । उनले अर्थतन्त्र सुधार हुने पक्का भएको  पनि बताएका छन्।

Advertisement

मंगलबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिन थालेको बताए ।

उनले भने, ‘सेयर बजार बिस्तारै माथि गइरहेको छ, घरजग्गा कारोबारमा पनि सुधार भएको छ, उल्लेख्य मात्रामा पर्यटक भित्रिएका छन्, पूर्वाधारमा लगानी केन्द्रीकृत गर्ने हो भने प्रशस्त मुनाफा आर्जन हुन्छ ।’  उनले विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको तथा रेमिटेन्स पनि राम्रै आइरहेको बताउँदै आगामी दिनमा अर्थतन्त्रलाई अघि बढ्न थप सहयोग गर्ने विचार व्यक्त गरे ।

Advertisement

उनले नेपालेको पर्यटन क्षेत्रमा सम्भावना रहेकोले सो क्षेत्रमा लगानी गर्न पनि व्यवसायीहरुलाई आग्रह गरेका छन् । लगानीको वातावरण बिथोल्न खोजिए पनि त्यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले दाबी गरे ।

उनले नेपालमा भविष्य छैन र लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार समेत अन्त्य हुँदै गएको बताए ।

Advertisement

प्रतिक्रिया