पूर्वराजा ज्ञानेन्द्रको सक्रियता बढ्यो
नुवाकोट । मंसिर ९ गते झापाको बिर्तामोडस्थित इकम कलेजमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरणपछि पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति सक्रियता शुरू गरेका थिए ।
यही आइतबार पूर्वरानी कोमल, छोरी प्रेरणा र धीरेन्द्रपुत्री दिलासासहित भैरहवाको होटल सिद्धार्थ पुग्नुभएका पूर्वराजा शाह स्वर्गीय राजा वीरेन्द्रको जन्मोत्सवको दिनदेखि नागरिक अभिनन्दन र पूजापाठमा व्यस्त हुनेछन् । स्रोतका अनुसार यही १४ गते चन्द्रौटा र १५ गते नवलपरासीका जनताको तर्फबाट आयोजना हुने नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम रहेको छ। भैरहवामा नागरिक अभिनन्दन हुनुअघि उहाँ पाल्पा भगवती र अर्घाखाँचीको सुपा देउराली भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ।
‘उहाँ पश्चिमका विभिन्न जिल्लामा आयोजना हुने कार्यक्रम र अंग्रेजी नयाँ वर्ष मनाउन भैरहवा आउनुभएको हो’ –स्रोतले भन्यो। राप्रपाले फागुनदेखि जनप्रदर्शनसहित आन्दोलनका कार्यक्रम घोषणा गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह जनचाहना बुझ्न देश दौडाहामा लागेका हुन् ।पूर्वराजा शाहलाई रूपन्देहीका जनताले नागरिक अभिनन्दन गरेपछि मध्य तराईको भ्रमणमा निस्कने कार्यक्रम तय भएको छ। भ्रमण हुने जिल्लामा रेकी भइसकेको छ।
भैरहवामा नागरिक अभिनन्दन हुनुअघि पूर्वराजाका सपरिवार सिद्धार्थ होटलमै भव्य रूपमा अंग्रेजी नयाँ वर्ष मनाउने कार्यक्रम छ। त्यसका लागि होटलमा करिब १५ वटा भीभीआईपी कोठा बुक भइसकेका छन्। ‘आज मंगलबार निर्मलनिवासमा पासरपुत्री पूर्णिकाको जन्मदिन मनाएपछि स–परिवार र आफन्तहरू भैरहवा जाने कार्यक्रम तय भएको छ’ –स्रोतले भन्यो।
नयाँ वर्ष मनाउन छोरा पारस, बुहारी हिमानी, पारसपुत्र हृदयन्द्र, पारसपुत्रीद्वय पूर्णिका र कीर्तिका, धीरेन्द्र पुत्रीहरू पूजा र सिताष्मासहित सबै आफन्त भैरहवा जानेछन्। भैरहवामा राप्रपाका नेताकार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। भेटघाटका सबै कार्यक्रम गोप्य राखिएको छ। नयाँ वर्ष मनाएसँगै भैरहवामा नागरिक अभिनन्दन हुनेछ, त्यसलगत्तै सडकमार्ग हुँदै सिमरा जाने कार्यक्रम तय भएको छ।
युवा विश्व हिन्दु महासंघका अध्यक्ष राजन महर्जनले २१ गते सिमरा पुग्ने र २२ गते वीरगञ्जवासीको तर्फबाट नागरिक अभिनन्दन हुने कार्यक्रम रहेको जानकारी दिए । करिब एक महिना पश्चिम र मध्यतराईको नागरिक अभिनन्दन र भेटघाट सकिएपछि काठमाडौं फर्किने कार्यक्रम छ। सिमरामा प्रभु निवासमा रहँदा राप्रपालगायत राजावादी निकट विभिन्न पार्टीको नेता तथा कार्यकता भेट्ने कार्यक्रम रहेको छ।
पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रममा राप्रपाले पूर्ण साथ दिने भएको छ। जिल्लास्थित अभिनन्दन समारोह समिति गठन गर्दा राप्रपा र राजावादीलाई सहभागी छन्। पुस ३ गते राप्रपाले प्रदेश खारेजलगायतको माग गर्दै आन्दोलन गरेपछि ज्ञानेद्रको सक्रियता बढ्न थालेको आँकलन गरिएको छ। राप्रपाले पुस र माघ महिनामा देभभर सभा आयोजना गर्ने, फागुनमा मेचीदेखि महाकाली यात्रासँगै उपत्यका केन्द्रित आन्दोलन गर्ने घोषणा गरिसकेको छ।
राप्रपाले महामन्त्री एवं संगठन विभाग प्रमुख धवल शम्शेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन कमिटी गठन गरिसकेको छ।उच्चस्रोतका अनुसार आन्दोलनमा होमिनअघि राप्रपाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग गम्भीर छलफल गरिसकेको छ। शालिक अनावरण कार्यक्रममा पूर्वराजा शाहका साथ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन महिना दिन अघिदेखि नै व्यस्त हुनुभएको थियो।
पूर्वराजा र राप्रपाको सक्रियताले नेपालको राजनैतिक परिवर्तन हुन सक्ने भन्दै राजावादी र राप्रपाले आन्दोलनलाई सशक्त बनाउने घोषणा गरिसकेका छन्। त्यसैको सन्देश दिन पूर्वराजा ज्ञानेन्द्रले धार्मिक भ्रमण र नागरिक अभिनन्दनको नाममा देश दौडाहामा लाग्ने तय गरिसकेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया