हिमालयन बैंकले पनि लाभांश नदिने

विदुर खबर २०८० पुष ४ गते १५:०९

नुवाकोट । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ।

Advertisement

कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  बैठकले लाभांश वितरण नगर्ने निर्णयसहितको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

साथै कम्पनीले गत आवको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु राष्ट्र बैंकबाट अनुमोदन पछि साधारण सभामा पेश गर्ने  छ।

Advertisement

प्रतिक्रिया