तपाईको स्थानीय तहमा भ्रष्टाचार भयो सर्तकर्ता केन्द्रलाई खबर गर्नुस

विदुर खबर २०७५ असोज ११ गते ११:०९

सतर्कता अनुगमन स्थानीय तहमा केन्द्रित

काठमाडौँ असोज ११ , राष्ट्रिय सतर्कता केन्द्रले स्थानीय तहमा अनुगमनलाई केन्द्रित गरेको छ । स्थानीय तहमा सर्वसाधारणको काम अघि बढेकाले अनुगमनलाई केन्द्रित गरिएको केन्द्रका सहसचिव विष्णुराज लामिछानेले जानकारी दिनुभयो । स्थानीय तहको काम कारवाहीमा गुनासोसमेत बढेकाले अनुगमनलाई केन्द्रित गरिएको हो ।

Advertisement

केन्द्रले पहिलो चरणमा १४ वटा स्थानीय तहको अनुगमन शुरु गरेको छ । ती १४ स्थानीय तहमा सात समूह बनाई केन्द्रले अनुगमन गरेको छ । “जिल्लास्थित कार्यालयभन्दा स्थानीय तहमा सेवाग्राहीका काम बढेको छ” उहाँले भन्नुभयो, “त्यही भएर जनताका काम स्थानीय तहले कसरी गरेका छन् भनेर अनुगमन केन्द्रित गरेका हौँ ।” पहिले केन्द्रले जिल्लास्थित कार्यालयमा अनुगमन गर्ने गर्दथ्यो ।

अनुगमन टोलीले कार्यालयको छड्के निरीक्षक गर्ने, पोशाक लगाउने, सेवाग्राहीसँग सेवा प्रवाहबारे सोधपुछ गर्ने र नागरिक वडापत्रअनुसार काम भएको छ कि छैन भनेर अनुगमन गर्ने छ । केन्द्रले गत आर्थिक वर्षमा ५४ जिल्लाका एक हजार १०२ कार्यालयको अनुगमन गरेको थियो । भ्रष्टाचार, विकासमा लापर्वाही, घुस मागेको सम्बन्धमा साउन यता ३१८ वटा उजुरी आएको प्रवक्ता लामिछानेले जानकारी गराउनुभयो । त्यसमा धेरै उजुरी स्थानीय तहका छन् ।

Advertisement

प्रतिक्रिया