धादिङ गल्छीका दुई जना २५ किलो चरेससहित पक्राउ

विदुर खबर २०८० पुष १ गते २०:२६

नुवाकोट । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाण्डौको बलम्बुबाट धादिङका दुई जनालाई २५ किला चरेससहित पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा धादिङ गल्छीका भीमबहादुर तामाङ र कान्छा तामाङ रहेका ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया