कांग्रेस नेता बालकृष्ण खाण रिहा
नुवाकोट । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी बुझाएर रिहा भएका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा तथा सम्पत्ति शुद्धीकरण विभागले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
त्यसअघि आजै दिउँसो खाणले उच्च अदालत पाटनको हिजो बिहीवारको आदेशअनुसार ३० लाख रुपैयाँ धरौटीबापतको रकम जिल्ला अदालत काठमाण्डौमा पुगेर बैंक ग्यारेन्टी पेस गरेका थिए । उच्च अदालत पाटनको आदेशअनुसार खाण आज धरौटी रकम जम्मा गर्न जिल्ला अदालत काठमाण्डौ पुगेका थिए । लगत्तै उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हाजिर गराइएको थियो ।
खाण गएको वैशाख २७ गते बिहान काठमाण्डौको मैजुबहाल घरबाट पक्राउ परेका थिए। खाणसहित यो प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेलगायतलाई गएको असार १ मा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाण्डौले आदेश दिएको थियो ।
त्यसपछि खाणसहितका आरोपीहरू उच्च अदालत पाटन गएका थिए । उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा यही मङ्सिर १५ गते खाणलाई छाड्ने वा थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशहरूको राय बाझिएको थियो । त्यसपछि हिजो तेस्रो न्यायाधीशकहाँ पेस हुँदा उहाँलाई धरौटीमा छाड्ने आदेश भएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया